सुवोध गुप्ताको कार्यकालमा वीरगन्ज उद्योग वाणिज्य संघ पहिलो पटक घाटामा
डा.सुवोध गुप्ताको कार्यकालमा संघ १ करोड ६७ लाख ४६ हजार रुपैया घाटामा गएको तथ्य सहित सार्वजनिक भएपछि हालका पदाधिकारी तथा पूर्व अध्यक्षहरुले आलोचना गरेका छन् ।
वीरगन्ज– इतिहासमै पहिलो पटक वीरगन्ज उद्योग वाणिज्य संघ घाटामा गएको खुलासा भएको छ । आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन (आयव्यय) सार्वजनिक भएपछि संघ घाटामा गएको खुलेको हो । लेखापरीक्षक अरविन्द खेतानको फर्मले संघको आर्थिक प्रतिवेदन तयार पारेको हो । आर्थिक वर्ष २०७९/८० मा १ करोड ६७ लाख ४६ हजार रुपैया संघलाई घाटा भएको खेतानले तयार पारेको आयव्यय विवरणमा उल्लेख गरिएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा संघलाई ५५ लाख ४ हजार रुपैया आम्दानी भएको थियो । यही अवधिमा संघको एक करोड २५ लाख रुपैया“को पुरानो एफ.डी (फिक्सड डिपोजिट) समेत तोडिएको छ ।
डा.सुवोध गुप्ताको कार्यकालमा संघ १ करोड ६७ लाख ४६ हजार रुपैया घाटामा गएको तथ्य सहित सार्वजनिक भएपछि हालका पदाधिकारी तथा पूर्व अध्यक्षहरुले आलोचना गरेका छन् । आर्थिक अनियमितता छानबिनको माग गरेका छन् । सुरुमा लेखापरिक्षक खेतानले समेत आयव्यय प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेको स्रोतको दाबी छ । दबाब गएपछि करिब एक हप्तापछि खेतानले आयव्ययको प्रतिवेदनमा हस्ताक्षर गरेका थिए ।
वीरगन्ज उद्योग वाणिज्य संघले सर्टिफिकेट अफ ओरिजन (सी.ओ)बाट नै मूख्य आम्दानी गर्ने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा संघले सीं.ओ.बाट १ करोड ९६ लाख ५८ हजार रुपैया आम्दानी गरेको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा सी.ओ.बाट हुने आम्दानी झन्डै एक करोड रुपैयाले घटेको पाइएको छ । उक्त आर्थिक वर्ष संघले ९८ लाख ९ हजार रुपैया मात्र सी.ओ.बाट आम्दानी गरेको देखिन्छ ।
सी.ओ.बाट भएको आम्दानी व्यापक रुपमा हिनामिना भएको छ । ‘सी.ओ.बाट भएको आम्दानीको रेकर्ड राखिएको छैन्,’ नाम उल्लेख नगर्ने शर्तमा संघका एक पदाधिकारी भन्छन्, ‘सी.ओ. जारी गरिएको छ । तर, आम्दानी लेखामा दाखिला नगरि मनलाग्दी खर्च गरिएको छ ।’ मनपरि खर्चमा त्यसबेलाका कोषाध्यक्ष्ँ गोविन्द शाह र सहकोषाध्यक्ष प्रेम गोयलले समेत सहयोग गरेको देखिन्छ ।
यसैगरि संघको कार्यालयमा कार्यरत कर्मचारीको तलब भक्तामा समेत अस्वभाविक खर्च वृद्धि गरिएको छ । कर्मचारीको तलब/भक्तामा अघिल्लो आर्थिक वर्षमा ७४ लाख रुपैया खर्च भएको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा ५३ लाख थपेर तलब/भक्तामा १ करोड २७ लाख रुपैया खर्च भएको छ । स्रोतका अनुसार आर्थिक अनियमिततामा संघका केही कर्मचारीले समेत बील/भरपाई बनाएर सघाउने गरेका छन् । उमेर हदले रिटायर भएपनि केही कर्मचारीलाई यसकै लागि राखिएको छ ।
संघका तत्कालिन अध्यक्ष डा.गुप्ताको नेतृत्वमा परिवार सहित पदाधिकारी तथा सदस्यहरु सिंगापुर भ्रमणमा गएको बेला ३९ लाख रुपैया खर्च भएको थियो । सो भ्रमणबाट के उपलब्धी भयो ? भन्ने कुरा आजसम्म वीरगन्जका उद्योगी÷व्यापारीले थाहा पाएका छैनन् । संघका सदस्य तथा युवा व्यवसायी नवनीत अग्रवालका अनुसार तत्कालिन अध्यक्ष सुवोध गुप्ताले अधिकार मिचेर मनलाग्दी पैसा खर्च गरेकाले वीरगन्ज उद्योग वाणिज्य संघ आफ्नो इतिहासमै पहिलो पटक घाटामा गएको हो ।
‘सेवाभाव भन्दा पनि संघको पैसामा मनमौजी गर्ने नियतले नेतृत्व लागेको देखियो,’ अग्रवाल भन्छन्, ‘अनियमितताको छानबिन गर्नुपर्छ ।’ संघको विधान बमोजिम अध्यक्षले एकपटकमा ५ हजार रुपैया र पदाधिकारीले १० हजार रुपैया खर्च गर्ने अधिकार छ । यसमा लेखापरीक्षकको रिर्पोट मौन छ । सी.ओकोको हिसाबको सम्बन्धमा आम्दानीमा समेत लेखापरीक्षकको प्रतिवेदनले केही बोलेको छैन् ।
कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ ।
यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो ।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।
प्रतिक्रिया दिनुहोस्