वीरगन्जका दर्जन भन्दा बढी फर्ममा राजस्व विभागको छापा

विभागका महानिर्देशक नवराज ढुंगानाले काठमाडौंमा नियन्त्रणमा लिएको ट्रकको संचालकको बयानका आधारमा अनुगमन गरेको बताए ।

सम्वादाता | २०८० भदौ २५ गते १३: २७ मा प्रकाशित

वीरगन्ज– राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले वीरगंजका करिब एक दर्जन फर्महरुमा छापा मारेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारी नेतृत्वको टोलीले गत मंगलबारदेखि शुक्रबारसम्म एक दर्जनभन्दा बढी पसलमा छापा मारेको हो ।

टोलीले खाता, कम्प्युटरको हार्डडिस्क लगायत लिएर गएको छ । हार्डवेयर एसोसिएसन वीरगंज पर्साका सचिव अनिल सर्राफका अनुसार विभिन्न फर्ममा अनुगमनको नाममा कागजात एवं कम्प्युटरको डेटा लगेको हो ।

 

अनुगमन टोलीले वीरगंजको लिंकरोडस्थित निधि हार्डवेयर, जीटीसी टायल्स, बाइपासरोडको ओम हार्डवेयर, अनिल हार्डवेयर, जय माता दी आइरन, आनन्द हार्डवेयरमा छापा मारेको थियो । विभागका महानिर्देशक नवराज ढुंगानाले काठमाडौंमा नियन्त्रणमा लिएको ट्रकको संचालकको बयानका आधारमा अनुगमन गरेको बताए ।

उनका अनुसार वीरगंजका केही फर्मले लुज बिल दिएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाइएको हो । वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले आर्थिक मन्दीले मारका परेका उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा राजस्वले दुस्ख दिन थालेको बताए । (साभार - बिजमान्डु)

 

प्रतिक्रिया दिनुहोस्