राज्यले बनाएको नीति भित्र रहि सबैले व्यापार गर्न सक्नुपर्छ - राष्ट्र बैंकका गर्भनर 

आउने साउनको पहिलो हप्ता अगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्ने तयारीमा राष्ट्र बैंक रहेको गर्भनर अधिकारीले खुलाए ।

सम्वादाता | २०८० जेठ ३० गते १६: ५१ मा प्रकाशित

वीरगन्ज– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राज्यले बनाएको नीति भित्र रहि सबैले व्यापार गर्न सक्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैक वीरगन्ज शाखाले सोमबार समसामयिक आर्थिक तथा बैकिंग गतिविधीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले समग्र नीति बनाउदा कहिले फरक पर्न सक्छ, त्यसलाई अन्यथा नलिन आग्रह गरेका थिए । 

‘राज्यमा नीति बनाउनेहरुले समग्र नीति बनाइ राख्दा खेरी अलिकति काही काही फरक पर्न सक्छ । त्यसमा अन्यथा नलिइदिनु होला,’ गर्भनर अधिकारीले भने, ‘नीति समग्र अर्थतन्त्र, समग्र मुलुकका लागि हुन्छ, त्यो भित्र सबैले व्यापार गर्न सक्नुपर्छ, उद्योग चलाउन सक्नुपर्छ ।’ उनका अनुसार सबैले आ–आफ्ना काम गर्न सकुन्, काममा सहजता होस् भन्ने नीति बनाउनेहरुको अवधारण रहन्छ ।  कोभिड १९ को असरबाट अन्य मुलुकको तुलनामा नेपालले छिट्टै रिकभरी गरेको उनले बताए  ।

अहिले विश्व अर्थतन्त्र अलिकति अप्ठयारो स्थितीबाट गुज्रिरहेको छ । ‘कोभिड १९ को असर संसारका सबै मुलुकलाई कुनै न कुनै रुपले परेको छ । कतिपय मुलुकले त्यो असरलाई रिकभरी गर्नलाई वर्षौ वर्षका योजना बनाएका छन्,’ उनले भने, ‘ कसैलाई ५ वर्षका योजना बनाएका छन्, भने कसैले १० वर्षको योजना बनाएका छन् । कोही कोही मुलुक छाडै रिकभर भएका छन् । त्यसमा हामी पर्छौ ।’

उनका अनुसार २०२० मा नकारात्मक वृद्धि भइरहदा अर्को वर्ष सकारात्मक वृद्धि गर्यौ । अहिलेको वर्षमा अर्थतन्त्रमा शिथिलता देखिएको राष्ट्र बैंकका गर्भनरले जनाए । ‘जुन स्पिडमा ग्रोथ रिकभरी हुन खोजिराखेको थियो । त्यसमा रुस युक्रेन युद्धले असर पु¥यायो,’ उनले भने, ‘मूल्यको चाप संसार भरि छ । यहा“ पनि परेको छ ।’ राष्ट्र बैंकका गर्भनरका अनुसार गत वर्ष हामीले १९ प्रतिशत रिजर्भ गुमायौ“ ।

‘५७ वर्षमा जम्मा गरेको स्टक एकैपटक सक्यो,’ उनले भने, ‘त्यो रिजर्भ भएन भने हामी कसरी व्यवसाय गर्ने, कसरी आयात गर्ने, हाम्रो उत्पादन कमजोर छ । अर्थतन्त्रलाई सस्टेन गर्नलाई त्यो रिजर्भ हामीले एउटा लेभलमा राख्नै पथ्र्यो । राष्ट्र बैंकले अपरिहार्य नीति ल्याएको थियो । त्यो नीतिले काम गर्यो ।’

आउने साउनको पहिलो हप्ता अगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्ने तयारीमा राष्ट्र बैंक रहेको गर्भनर अधिकारीले खुलाए । अन्तरक्रिया कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतका पदाधिकारी, विभिन्न उद्योगी तथा व्यापारी, बैंकर्सको उपस्थिती रहेको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस्