भन्सार कार्यालयद्वारा गोदाममा छापा

७१ बन्डल जुता नियन्त्रणमा

सम्वादाता | २०७९ कार्तिक २३ गते १९: ४१ मा प्रकाशित

बुटवल - भन्सार चोरी तस्करी बढेको भन्दै भैरहवा भन्सार कार्यालयले बिभिन्न ठाउँमा छापामार्न सुरु गरेको छ । पछिल्लो समय खुल्ला सिमानाकाको कारण भन्सार छली चोरबाटो हुदै ठुलोमात्रामा सामान भित्रीन थालेपछी भैरहवा भन्सार कार्यालय तातेको हो ।


भैरहवा भन्सार कार्यालय का प्रमुखको अगुवाईमा सशत्रप्रहरी र नेपाल प्रहरीको टोलीले बुटबलको लक्ष्मीनगर गेट नजीक बाट भन्सार चोरी तस्करी मार्फत बिभीएको आसँकामा ठुलो मात्रामा जुता बरामद गरेको हो ।


भन्सार कार्यालयका भैरहवाका अनुसार बुटबलका बिभीन्न ठाउँहरुमा भन्सार चोरी तस्करी मार्फत धेरै सामान भित्रीएको लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा भन्सार टोलीले २ बटा घरमा छापा मारेको थियो ।

दुईवटा घरमा लुकाई राखेको गोदामबाट ७१ बन्डल जुता फेला पारेको भन्सार कार्यालयजनाएको छ । समाचार स्रोतका अनुसार भन्सार कार्यालयले भैरहवाले बुटबल बजारलाइ केन्दीत गरेर अनुगमन तथा खोजतलासलाई त्रिब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्