काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्नै नेपाली राष्ट्रिय महिला टिम श्रीलंका पुगिसकेको छ।
साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरिसकेको छ। गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट नेपाल एसियक कप क्रिकेट प्रतियोगितामा छनोट भएको हो।
प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई रहेको छ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ।
नेपालको अभ्यास खेल श्रीलंकासँग
महिला एसिया कप टोलीको नेतृत्व नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई दिएको छ। बर्मा कप्तान रहेको टोलीमा अनुभवी खेलाडी एवम् पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।
नेपालमा लामो समयको अभ्यासपछि नेपाली महिला टिम कोलम्बो पुगेको हो। त्यहाँ नेपाली टिमले सोमबार (आज)देखि अभ्यास सुरु गर्दैछ। नेपाली टिमले मुर्समा अभ्यास गर्न लागेको हो। आज अभ्यास सुरु गर्ने नेपाली टिमले अभ्यास खेल आयोजक श्रीलंकासँग खेल्दैछ।
क्यानका अनुसार सरे भिलेज क्रिकेट रंगशालामा नेपालले श्रीलंकासँग अभ्यास खेल्न लागेको हो।
नेपालको प्रतिस्पर्धा भारत, पाकिस्तान र यूएईसँग नेपालले प्रतियोगितामा पहिलो खेल साउन ४ गते यूएईसँग खेल्नेछ। यो खेल श्रीलंकाको डम्बुलामा हुनेछ। नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ।
नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।
भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । ई-सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् ।
पिपल्स च्वाइस विजेता कवितालाई अवार्ड प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।
बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाएका थिए भने दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
भ्रमणबाट दुई खेलाडीलाई विश्वकपमा समेट्ने वेस्टइन्डिजलो जनाएको छ । त्यसैले वेस्टइन्डिजका खेलाडीलाई पनि आजको खेल महत्वपूर्ण हुनेछ । चौंथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्