वडाध्यक्ष चतुर्वेदीका भाईद्धारा पुटेल निर्घात कुटिए

उनीहरुको अगाडि म कमजोर छु । स्थानीयले हस्तक्षेप गरेर चतुर्वेदीलाई नरोकेको भए मलाई अझ कुट्थे ।

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २५ निवासी मुकेश पटेललाई सोही वडा निवासी आनन्द चतुर्वेदीले बुधवार साझ निर्धात कुटपिट गरेका छन् । गाउमै बुधबार कुटिएका पटेल उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालको आकस्मिक कक्ष पुगेका थिए । अस्पतालका चिकित्कसका अनुसार पटेलको छाती, पिठ्यु, हात र खट्टामा चोट लागेको छ । पटेललाई कुटने आनन्द २५ नम्बर वडाका अध्यक्ष आशुतोष चतुर्वेदीका भाई हुन् । 
पुरानो रिसिबीका कारण चतुर्वेदीले मुक्का र हेल्मेटले निर्धात कुटपिट गरेको पटेलले बताएका छन् । हेल्मेटको प्रहारले पटेलको शरिरको विभिन्न भागमा चोट लागेको छ । हात र खुट्टाबाट रगताम्मे भएका छन् । वडाध्यक्षको भाई भएका कारणले उनीहरुको प्रहरी प्रशासनमा राम्रो पकड छ, पटेलले भने, मलाई न्याय चाहिएको छ । उनीहरुको अगाडि म कमजोर छु । स्थानीयले हस्तक्षेप गरेर चतुर्वेदीलाई नरोकेको भए मलाई अझ कुट्थे । 

प्रतिक्रिया दिनुहोस्