शेरबहादुर देउवा घाइते, दायाँ हात भाँचियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको स्रोतले जनाएको छ।

देउवानिकट स्रोतका अनुसार घटनापछि उनलाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विभिन्न स्थानमा हिँडडुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका छन्।

देउवा गत चैत ७, २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्समार्फत उपचारका लागि सिंगापुर गएका थिए।

देउवाको स्वास्थ्य अवस्थाबारे विस्तृत चिकित्सकीय विवरण भने सार्वजनिक गरिएको छैन। उनका निकटस्थ स्रोतका अनुसार हाल उनी चिकित्सकको निगरानीमा आराम गरिरहेका छन्। साभारः अनलाईन खबर 

प्रतिक्रिया दिनुहोस्