पर्सा–३ मा चुनावी माहोल तताउँदै एमालेको बृहत् कार्यकर्ता भेला

पर्सा – नेकपा एमाले पर्सा जिल्लाको आयोजना गरिएको बृहत् कार्यकर्ता भेलाले पर्सा–३ निर्वाचन क्षेत्रमा चुनावी माहोल थप तातो बनाएको छ।

भेलामा परिवर्तनको सम्वाहक र भरोसाग्राही युवा उम्मेदवार रूपेश कुमार पाण्डे को सशक्त उपस्थितिले कार्यकर्तामा नयाँ ऊर्जा थपेको बताइन्छ।

उम्मेदवार पाण्डेले कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्न एकताबद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट पार्नुभयो। उहाँले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र विकासको बाटोमा अघि बढाउन एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीले अघि सारेका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन आह्वान गर्नुभयो।

भेलामा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा को अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष र पूर्व मन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा हजारौँ नेता–कार्यकर्ताहरू सहभागी भएका थिए।

कार्यक्रममा जसपा लगायत विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुले पर्सामा एमालेप्रति जनविश्वास थप मजबुत भएको संकेत गरेको छ।

प्रधान अतिथि थापा ‘बादल’ले सक्षम र जनउत्तरदायी उम्मेदवार नै पार्टीको बलियो आधार भएको भन्दै आगामी निर्वाचनमा निर्णायक जित सुनिश्चित हुने दाबी गर्नुभयो।

पर्सा–३ मा राजनीतिक विकल्पको खोजी समाप्त भइसकेको छ भन्ने जनधारणा बन्दै गएको देखिन्छ। विकास, राष्ट्रियता र स्थायित्वको स्पष्ट भिजनसहित मैदानमा उत्रिएका रूपेश कुमार पाण्डे आज पर्सा–३ का जनताको भरोसाको केन्द्र बनेका छन्।

कार्यकर्ताहरू र स्थानीय जनता बीच फैलिरहेको नारा अनुसार – “पर्सा–३ मा विकल्प छैन, भरोसाको नाम एक मात्रै—रूपेश कुमार पाण्डे” – अहिले चुनावी वातावरणमा प्रखर रुपमा गहिरिँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्