बिन्दवासिनीमा एमालेको शक्ति प्रदर्शन, रूपेश पाण्डेको जिततर्फ निर्णायक संकेत

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत बिन्दवासिनीमा नेकपा एमालेका अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरूको उल्लेखनीय उपस्थिति देखिँदा पर्सा–३ मा एमालेको संगठनात्मक शक्ति थप मजबुत बन्दै गएको संकेत देखिएको छ।

भेटघाट कार्यक्रममा परिवर्तनको संवाहकका रूपमा उदाउँदै गरेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले आफ्नो स्पष्ट भिजन, विकासमुखी सोच र जनमुखी प्रतिबद्धता प्रस्तुत गर्दै क्षेत्रको समग्र रूपान्तरणका लागि ठोस धारणा राखेका थिए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पाण्डेद्वारा प्रस्तुत योजनाले उपस्थित नेता–कार्यकर्ता तथा समर्थकहरूमा नयाँ उत्साह र भरोसा थपिएको देखिएको थियो। कार्यक्रममा सहभागी नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउँदै रूपेश पाण्डेको जित सुनिश्चित गर्न संगठनलाई अझ सक्रिय बनाइने बताएका छन्।

भेटघाट कार्यक्रमले पर्सा–३ मा एमाले पंक्ति एकढिक्का भएको स्पष्ट सन्देश दिएको छ। “बोल्ने होइन, गर्ने नेतृत्व” का रूपमा परिचित पाण्डेप्रति जनताको बढ्दो विश्वास र समर्थनले आगामी निर्वाचनमा परिवर्तन सुनिश्चित हुने संकेत देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

स्थानीय स्तरमा देखिएको सक्रियता र जनसमर्थनसँगै पर्सा–३ अब विकास, स्थायित्व र युवा नेतृत्वको बाटोमा अघि बढ्दै गएको सन्देश कार्यक्रमले दिएको छ।

प्रतिक्रिया दिनुहोस्