विकासका लागि निकास पहिल्याउंदै दुई यूवाः सुशीलको यात्रामा सुधीरको हातेमालो

पर्साकै चर्चित युवा अनुहार तथा युवा नेता सुधीर पटेलको सक्रियताले यो अभियानलाई थप मजबुत बनाएको छ ।

पर्सा । सदियौंदेखि पुराना पार्टी र तिनका पुरानै नेताहरुको जालमा फसेर बन्धक बनेको देश र समाजलाई विकासको बाटोतर्फ निकास दिलाउने संकल्प सहित पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुको चुनावी अभियानमा स्थानीय युवाहरूको सशक्त साथ दिनप्रतिदिन बढ्दै गएको छ । यसमा पर्साकै चर्चित युवा अनुहार तथा युवा नेता सुधीर पटेलको सक्रियताले यो अभियानलाई थप मजबुत बनाएको छ ।
घरदैलो तथा जनसम्पर्क अभियानका क्रममा उम्मेदवार कानुले सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गर्दै संसदमा नयाँ सोच र व्यवहारिक अभ्यास आवश्यक रहेको बताउंछन् । पुराना राजनीतिक अभ्यासले जनअपेक्षा पूरा गर्न नसकेको र परिणाममुखी र जवाफदेही नेतृत्वको आवश्यकता रहेको देखिएको सुशीलको बुझाई रहेको छ ।
उनको अभियानमा सहभागी स्थानीय युवाहरूले पनि परम्परागत राजनीतिभन्दा फरक, पारदर्शी र जिम्मेवार नेतृत्वको अपेक्षा व्यक्त गरेका छन् । उनीहरूका अनुसार रास्वपाको अभियानले युवालाई प्रत्यक्ष रूपमा जोड्दै राजनीतिक चेतना र सहभागिता बढाएको छ ।
यस अभियानलाई सफल बनाउन युवा नेता सुधीर पटेल उम्मेदवार सुशील संगै दिनरात जनतामाझ सक्रिय देखिएका छन् । जनताको हरेक सुख–दुःखमा आवाज उठाउँदै आएका पटेलले रास्वपाका उम्मेदवार शुशिल साह कानुलाई जिताउन कुनै कसर बांकी नराख्ने प्रतिबद्धतासहित संगठन विस्तार, घरदैलो र जनसम्पर्क अभियानमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । सुधीर चुनाव बाहेक अन्य समयमा पनि जनाताका लागि सहजै उपलब्ध हुने नेताका रुपमा चिनिन्छन् ।
उनको सक्रियतासँगै निर्वाचन क्षेत्र नं. २ अन्तर्गत श्रीसियां, बहुअरी, सुगौली, ड्राइपोर्ट क्षेत्र, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका तथा बढेरवा क्षेत्रलगायत अन्य स्थानमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । ती क्षेत्रमा युवाहरूको उल्लेखनीय सहभागिता र संगठनात्मक पकड क्रमशः मजबुत बन्दै गएको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा–२ मा युवाकेन्द्रित अभियानलाई थप तीव्रता दिँदै प्रत्यक्ष संवाद र जमीनी पहुँचलाई प्राथमिकतामा राखेको जनाएको छ । अन्य पार्टीका उम्मेदवारले चुनावी एजेन्डा भन्दा व्यक्तिगत टिका टिप्पणी गरिरहेको अवस्थामा रास्वपाका उम्मेदवार र समर्थकहरु जनताका समस्यामा केन्द्रित रहेर मतदाता भेंटघाटमा रहेको स्थानीयहरु बताउंछन् । उम्मेदवार शुशिल साह कानुको निरन्तर घरदैलो तथा जनसम्पर्कसँगै सुधीर पटेलजस्ता युवा नेताहरूको सक्रियताले चुनावी माहोल रास्वपाको पक्षमा निर्णायक बन्दै गएको विश्लेषकहरूको टिप्पणी छ ।
सुशीलको घरदैलो वडा नं २८ मा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आइतबार बिहान वीरगञ्ज महानगरपालिका–२८ बगहीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता, अपेक्षा र विकासप्रतिको चाहनाबारे जानकारी लिएका थिए । उनले जनताको आवाजलाई नीतिगत रूपमा सम्बोधन गर्दै संसद्मा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयहरूले घरदैलोका क्रममा सडक, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा सुशासनलगायत विषयमा आफ्ना गुनासा र सुझावहरू राखेका थिए । त्यसक्रममा कानुले निर्वाचित भएपछि ती समस्याहरूलाई संसद्मा प्राथमिकताका साथ उठाउने र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता दोहो¥याए ।
कार्यक्रममा उम्मेदवार कानुले स्वच्छ राजनीति, जवाफदेही नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत मात्र पर्साको समग्र विकास सम्भव हुने उल्लेख गर्दै जनतासँगै अघि बढ्ने आफ्नो सङ्कल्प व्यक्त गरे। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो बल हो,” उनले भने, “जनताको चाहनाअनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो ।”
घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय सहभागिता र प्रत्यक्ष संवादले बगही क्षेत्रमा चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिएको छ ।
सुगौलीमा मतदातालाई चनाखो हुन आग्रह
वीरगञ्ज महानगरपालिका वडा नं. २६ सुगौलीमा आयोजित मतदाता भेंटघाट कार्यक्रममा युवा नेता सुधीर पटेलले जेनजी आन्दोलनका बेला तत्कालिन सरकारले कैयौं निर्दोष नेपालीहरुको ज्यान लिएको घटना सम्झंदै आन्दोलनकारीलाई पक्राउ गर्नुको सट्टा गोली प्रहार गरि हत्या गर्ने कार्यको कडा विरोध गरेका छन् । उनले शहिदका सपना अधुरो रहेको बताउंदै ती सपना साकार गर्न रास्वपाका युवा उम्मेदवार सुशील साह कानुलाई भारी मतका साथ विजयी बनाउन आग्रह गरे । विगतका दिनमा यस क्षेत्रमा विवाद उत्पन्न गराई आफै समाधान समेत गराउने र अनैतिक लाभ लिनेहरुसंग मतदाता चनाखो हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा उम्मेदवार कानुले स्थानीयहरुसंग भलाकुसारी गर्दै परिवर्तनका लागि राजनीतिक निकास आवश्यक रहेको जनाए । उनले आफ्नो उम्मेदवारी २ नं क्षेत्रको सम्पूर्ण विकासको लागि मात्र रहेकाले आफुलाई मत दिएर निर्वाचित गराउन मतदाताहरुलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्