नेकपा एमालेका उम्मेदवार जालिम मियाँको घरदैलो सुरु

वीरगञ्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जालिम मियाँको घरदैलो सुरु गरेका छन् । आज सोमबार एमालेका उम्मेदवार जालिमले जगरनाथपुर गाउँपालिका वडा नम्बर ४  सुहपुर सोहरी, हरपुरमा घरदैलो गरेका हुन् । 
दोस्रो पटक उम्मेदवार बनेका जालिमले घरदैलोको क्रममा नेकपा एमालेको चुनाव चिन्ह सुर्य छापमा मतदान गर्न आग्रह गरेका छन् । 
उनले यसअघि पटक पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएकाले क्षेत्रमा केही नगरेकाले यसपटक एमालेलाई मौका दिन मतदातालाई सुझाएका हुन् ।
राष्ट्र बिकासमा एमालेको महत्वपूर्ण भुमिका रहेकाले यसपटक बहुमतका साथ निर्वाचित गराउन उनको भनाई छ । 
अहिले जेनजी आन्दोलनका साथ देश बिकासमा परेकाले देशलाई सहि ट्याकमा ल्याउन एमालेलाई बहुमतको साथ विजयी गराउनलाई मतदातालाई आग्रह गरेका हुन् । 
०७९ सालको निर्वाचनमा जालिम नेपाली कांग्रेसका रमेश रिजाल संग ५ हजार मतका साथमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्