१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सार्वजनिक सुचना जारी

 

वीरगन्ज । पर्सा जिल्ला खेलकुद विकास समितिले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा खेल विकास विस्तारका लागि मधेश प्रदेश खेलकुद परिषद्को निर्देशनअनुसार सार्वजनिक सूचना जारी गरेको छ।

समितिका कार्यालय प्रमुख नाजिर हुसेन अन्सारीले पौष २५ गते जारी गरेको सूचनाअनुसार हाल सक्रिय रहेका स्वयंसेवक प्रशिक्षक तथा प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूलाई सम्बन्धित प्रमाणपत्रसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

मधेश प्रदेश खेलकुद परिषद्को निर्देशनमा तालिम तथा प्रशिक्षण विभागले जिल्ला खेल संघअन्तर्गतका स्वयंसेवक प्रशिक्षक तथा निर्णायकहरूको तथ्यांक संकलन गर्न उक्त सूचना जारी गरिएको पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साहले जानकारी दिए।

उनका अनुसार आगामी माघ २२ गतेसम्म पर्सा जिल्ला खेलकुद विकास समितिमा सक्रिय रहेका स्वयंसेवक प्रशिक्षक, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरूले आफ्नो नामावली र प्रमाणपत्रसहित समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्