पर्सामा २४ हजार २९ मतदाता थपिए

वीरगंज । आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पर्साले सङ्कलन गरेको मतदाता नामावलीअनुसार पर्सा जिल्लामा कुल ३ लाख ७६ हजार ५१३ जना मतदाता रहेका छन्।

यसअघिको प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पर्सामा कुल मतदाता संख्या ३ लाख ५२ हजार ४८४ रहेकामा यसपटक २४ हजार २९ जना मतदाता थपिएका हुन्।

नयाँ नामावलीअनुसार पर्सामा महिला १ लाख ६४ हजार ४२१, पुरुष २ लाख १२ हजार ७७ तथा अन्य १५ जना मतदाता छन्। जिल्लाभर १६७ वटा मतदानस्थल र ४४१ वटा मतदान केन्द्र तोकिएका छन्।

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार निर्वाचन क्षेत्र नं १ मा महिला र पुरुष गरी ९० हजार ६३ जना मतदाता, ३४ मतदानस्थल र १०३ मतदान केन्द्र रहेका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ९५ हजार १२० मतदाता, ३८ मतदानस्थल र ११० मतदान केन्द्र छन्।

निर्वाचन क्षेत्र नं ३ मा महिला–पुरुष गरी ९६ हजार ५४२ मतदाता, ४७ मतदानस्थल र ११४ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नं ४ मा ९५ हजार २१३ मतदाता, ४८ मतदानस्थल र ११४ मतदान केन्द्र रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनमिका रौनियारका अनुसार यसपटक प्रतिनिधिसभाको निर्वाचन मात्र हुने भएकाले गाउँपालिका तथा नगरपालिकास्तरीय मतदाताको विवरण निर्वाचन आयोगले सार्वजनिक नगरेको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्