नारायणीमा आगलागी सामान्य क्षती, दक्ष कर्मचारीको अभाव

वीरगंज । नारायणी अस्पताल भवनको माथी तल्लामा रहेको एनआईसियु वार्डमा मंगलवार सांझ आगलगी भएको भएको छ । सो वार्डमा बिधुत सर्ट भएर आगलगी भएको सो आगलगीबाट बिधुतीय सामग्रीमा आगलगी भएको बुझिएको छ । 

आगलगीपछि वीरगजमा रहेको बारुण यन्त्रको साहयताले नियन्त्रणमा लिइएको थियो । अस्पतलका डा.उदयकुमार सिहसंहले आगलागीबाट समान्य क्षती भएको बताए । पुरानो भवनसंगै पुराना तरिकाले जडान तारहरुको कारण बेला बेला आगलगी हुने गरेको उनले दावी गरे । पुरानै शैलिमा जडान भएका तारबारहरु बिस्तारै हटाउने कार्य भईरहेको समेत उनले बताए ।

तर, सोही घटना बारे अन्य कर्मचारीहरुले फरक मत राखेका छन । कर्मचारीका अनुसार अस्पताल व्यवस्थापन समितीले अयोग्य व्यक्तिहरुको भर्ना गरेको कारण आगो लाग्ने गरेको बताए । सामान्य जानकारी समेत नरहेको व्यक्तिहरुलाई ईलेक्ट्रीसियनलाई पहुंचका आधारमा पदमा नियुक्त गरि राखेका कारण समेत यस्ता प्रकारका घटनाहरु बारम्बार भईरहेको उनिहरुले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्