मुआब्जाको माग सहित ज्ञापन

वीरगंज । मुआब्जा सङ्घर्ष समिति वीउमनपा–२५ सुख्खा बन्दरगाह श्रीसियाले आइतवार वीरगंजका प्रमुख भन्सार प्रशासकलाई ज्ञापन बुझाएको छ । 
 
समितिका अध्यक्ष अशोक चौधरीले आज वीरगंज भन्सार कार्यालयका प्रमुखलाई ज्ञापन बुझाउंदै ७–८ वर्षको यो समस्यालाई यहि मङ्सिर २९ गतेसम्म समाधान नगरिए सशक्त आन्दोलनमा उत्रन बाध्य हुने बताए ।  
 
सरकारले सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिराखेको घरजग्गाको मुआब्जा हालसम्म नदिएको र मुआब्जा लाभांस कर अढाई प्रतिशतबाट बढाएर पाूच प्रतिशत पारेकोमा आपत्ती जनाइएको छ । सरकारले मुआब्जावापतको रकम पठाएपनि अढाई प्रतिशत लाभांसलाई पांच प्रतिशत बनाइएपछि मुआब्जा बुझ्ने काम भएको छैन । 
 
मुआब्जाका लागि हिजो सो क्षेत्रका मानिसहरूले भेला भएर एकसाताको समयसीमा प्रदान गर्दै सो अवधिमा समस्या समाधान नगरिए सशक्त आन्दोलनमा उत्रने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्