ट्राफिक प्रहरीद्वारा आकस्मिक अनुगमन, मापसे चालक पक्राउ

वीरगंज । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंजको गण्डक क्षेत्रमा आकस्मिक अनुगमन अभियान सञ्चालन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी निरीक्षक युवराज कटवाल, वरिष्ठ प्रनानि गुणनिधि खकुरेल सहितको टोलीले आकस्मिक जाँच गर्दा मादक पदार्थ सेवन गरेर सवारी चलाइरहेका एक चालकलाई पक्राउ गरिएको ट्राफिक कार्यालयले जनाएको छ। पक्राउ परेका चालकविरुद्ध कानुनअनुसार आवश्यक कारबाहीका प्रक्रिया अघि बढाइिएको छ।

अनुगमनका क्रममा सवारी कागजात नभएका तथा विभिन्न नियम उल्लङ्घन गर्ने केही चालकलाई चेतावनी दिइई आवश्यक निर्देशनसमेत प्रदान गरिएको प्रमुख कटवालले बताए।

उनका अनुसार बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि नियमित अनुगमनसँगै आकस्मिक जाँच अभियानलाई निरन्तरता दिइनेछ।

कटवालले चालकहरूलाई सुरक्षित हिँडाइ, गति सीमितता पालना, मादक पदार्थ सेवन नगर्नु, कागजात साथमा राख्नु तथा ट्राफिक नियमहरूको पूर्ण पालनामा जोड दिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्