एकसय सदस्यीय ‘जेनजी वीरगन्ज युवा समिति’ गठन

वीरगन्जमा जेनजी आन्दोलनका सहिद असाहब आलमका दाइको संयोजक

वीरगन्ज । वीरगन्जमा युवाहरुको भेलाले जेनजी (GenZ) आन्दोलनका क्रममा सहादत प्राप्त गरेका स्व. असाहब आलमका दाइ मुराद आलमको संयोजकत्वमा १०० सदस्यीय जेनजी वीरगन्ज युवा समिति गठन गरेको छ।

वीरगन्जस्थित माल्ट होटलमा बसेको भेलाले समितिको गठन गरेको हो। समितिको उप–संयोजकमा जेनजी आन्दोलनमा घाइते भएका रेयाजुल हक चयन भएका छन्।

यस्तै, समितिका सदस्यहरूमा सागर यादव, ज्ञानेन्द्र महतो, चन्दन महतो, वासिम शेख, नीरज जोशी, अनिश पटेल, समीर अन्सारीलगायत रहेका छन्।

भेलाले सल्लाहकार समितिमा महादेव प्रसाद कुर्मी, सन्जय श्रेष्ठ, राहुल रौनियारलाई चयन गरेको छ। त्यस्तै, समन्वयकर्ताका रूपमा सुधिर पटेल, वीरेन्द्र कण्ठ, रन्दिप श्रीवास्तव, जयशंकर यादव र अमन आलम रहेका छन्।

कार्यक्रममा उपस्थित युवाहरूले वीरगन्जका युवाहरूलाई एकताबद्ध गर्दै जेनजी आन्दोलनका उद्देश्यहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्