लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको हो ।

यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्