मेनरोड र कारागार वरपर दङ्गाग्रस्त क्षेत्र घोषित

वीरगंज । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग तथा कारागार कार्यालय, पर्सा र सोको कम्पाउण्ड क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

समितीको बैठकले सो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (ख) बमोजिम ती क्षेत्रहरुलाई अर्को आदेश नभएसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।

साथै समितिको बैठकमा आज सांझ ९ बजेसम्म भेला, जुलुस, प्रदर्शन लगायतका कार्यहरु गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गर्दै आज राति ९ बजेदेखि भोलि विहान ५ बजेसम्म महानगरपालिकाको श्रीसिया पुल, गण्डक चौक, शंकराचार्य गेट भित्र पर्ने स्थानहरुमा कर्फ्यूआदेश जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्