वीरगञ्ज भन्सार क्षेत्रमा भारतीय युवतीमाथि गोली प्रहार, आरोपी पक्राउ

वीरगञ्ज, पर्सा — भारतको बिहार, बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि सोमबार दिउँसो वीरगञ्ज भन्सार क्षेत्रमा गोली प्रहार भएको छ।

पर्सा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार २६ वर्षीय प्रदीप शर्माले कटुवा बन्दुक प्रयोग गरी निशामाथि गोली चलाएका हुन्। घटनामा उनी घाइते भएकी छिन्। गोली प्रहारपछि उनलाई तत्काल नारायणी अस्पताल, वीरगञ्जमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य छ र उपचार भइरहेको छ।

प्रहरीले घटनापछि शर्मा पक्राउ परेको र उनको साथबाट कटुवा बन्दुक बरामद गरिएको जनाएको छ। घटनास्थलमा एक राउण्ड गोली चलाइएको पुष्टि भएको छ।

घटनापछि नेपाली सुरक्षाकर्मी तथा अनुसन्धान टोली घटनास्थलमा खटिएका छन्। नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्