प्रहरीको अनौठो उर्दी: बिहानै खोक्न नपाइने

सम्वादाता | २०८२ भदौ १९ गते १२: ४७ मा प्रकाशित

काठमाडौँ– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एक अनौठो उर्दी जारी गरेको छ।

ध्वनी कम गर्ने बाहनामा प्रहरीले बिहानै ठूलो आवाजमा खोक्न पनि नपाइने उर्दी जारी गरेको छ।

विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बाबालिका, वृद्धवृद्धालाई असर पुग्ने भन्दै पाँच शिर्षकमा उर्दी जारी गरेको हो।

जसमा राति अबेर र बिहान सबेरै खाना नपकाउन पनि भनेको छ। किनभने प्रेसर कुकरको सिटी बजेपछि छिमेकीलाई असर पुग्ने प्रहरीको प्रक्षेपण छ।

फोन गर्दासमेत साना आवाजमा गर्नुपर्ने, अबेरसम्म ठूलो स्वरमा गफगाफ गर्न नपाइने, शौचालय गएपछि रातिमा फ्लस गर्दा ध्वनी कम गर्नुपर्नेलगायत अनौठा उर्दी प्रहरीले गरेको छ।

अटेरी गरेमा ३ लाखसम्म जरिवाना हुनसमेत प्रहरीले भनेको छ।

प्रहरीको यस्तो उर्दीप्रति नागरिकहरूले अनेकन टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्