अक्कल बहादुर कार्की हस्पिटलद्वारा जितपुर सिमरा वडा २१ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सम्वादाता | २०८२ भदौ १५ गते ०३: १९ मा प्रकाशित

वीरगञ्ज : अक्कल बहादुर कार्की हस्पिटलले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
स्वास्थ्य शिविर डा.दिपक चैरासियाको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक टोलीद्वारा सञ्चालन गरिएको थियो। शिविरमा २०० जना पुरुष, १५० जना महिला र ७४ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा विशेष गरी दम (श्वासप्रश्वासको समस्या), उच्च रक्तचाप (बी।पी), मधुमेह (सुगर) तथा छालासम्बन्धी रोगका बिरामीहरू धेरै देखिएको चिकित्सक टोलीले जनाएको छ।


शिविरमा सहभागी सबैलाई निशुल्क ओपिडी टिकट र आवश्यक औषधि वितरण गरिएको थियो।
स्थानिय बासिन्दाहरूले यस्तो सेवाबाट निकै राहत महशुस गरेको बताउँदै भविष्यमा यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्ने दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
अक्कल बहादुर कार्की हस्पिटलले समुदायस्तरमा पुगेर स्वास्थ्य सेवा दिनु उदाहरणीय कार्य भएको स्थानीय समाजसेवीहरूले बताएका छन्।
अक्कल बहादुर कार्की हस्पिटलले नियमित रूपमा समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्