पर्सा प्रहरीका सहायक हवल्दार शिवशंकर यादव असार महिनाका उत्कृष्ट प्रहरी

सम्वादाता | २०८२ सावन १० गते ०२: १७ मा प्रकाशित

पर्सा — जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादव २०८२ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित भएका छन्।
सूचना संकलन शाखामा कार्यरत यादवले संगठनले तोकेको जिम्मेवारी र पदवीनुसार इमानदार, कर्तव्यनिष्ठ तथा उच्च व्यावसायिकताका साथ आफ्नो कार्य सम्पादन गर्दै आएका थिए। चोरी नियन्त्रण, हराएका मोबाइलको खोजतलास, साइबर अपराधको अनुसन्धान, लागुऔषध नियन्त्रण, तथा अन्य गम्भीर आपराधिक घटनामा समयमै प्रतिक्रिया दिँदै महत्वपूर्ण सफलता दिलाउन उनले उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।
साथै उनले कानूनी दायरामा रहँदै प्रमाणसहित अनुसन्धान गर्ने क्षमताका कारण नागरिक सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएका छन्। कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रद्वारा हस्ताक्षरित प्रशंसापत्रमा उनलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको उल्लेख छ।
उक्त उपलब्धिका लागि प्रहरी सहायक हवल्दार यादवलाई कार्यालयले औपचारिक रूपमा बधाई तथा शुभकामना दिएको छ।

प्रतिक्रिया दिनुहोस्