मधेस प्रदेशका आठ जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

सम्वादाता | २०८२ सावन ८ गते ०१: ३८ मा प्रकाशित

काठमाडौं । सरकारले मधेस प्रदेशका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री रमेश लेखकको सिफारिसमा ती जिल्लालाई विपद् संकटग्रस्त घोषणा गरेको हो ।

ती जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

मधेस प्रदेश सरकारले मंगलवार संकटग्रस्त क्षेत्र घोषणा गर्नका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । साभार

प्रतिक्रिया दिनुहोस्