नेशनल इन्फोटेक कलेजद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

सम्वादाता | २०८२ असार २६ गते ०१: ०० मा प्रकाशित
बीरगञ्ज । बीरगञ्जमा अत्यधिक गर्मीका कारण रक्त संचार केन्द्रमा रक्तको अभाव भई अस्पतालहरूमा दोब्बर माग भएपछि नेशनल इन्फोटेक कलेजद्वारा हिजो एकदिने बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा युवा नेता सुधिर पटेल, मानवसेवा आश्रमका देवेश गुप्ता, सामाजिक अभियन्ता ओम कुमार झा र विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन स्वयं नेशनल इन्फोटेक कलेजका प्रशासन प्रमुख काजल सिंहले रक्तदान गरी गर्नुभयो । यस कार्यक्रममार्फत २४ जना महिला सहित १६९  जनाले रक्तदान गरेका थिए ।
कार्यक्रम नेशनल इन्फोटेक कलेजको आफ्नै भवनमा सम्पन्न गरिएको थियो । कलेजका संचालक मनिष सिंह, काजल सिंह, स्नेहा शाह, रानी पाल, सम्झना यादव, सुगता कुमारी यादव, मनीका यादव, रबिना खातुन, श्योमनी कुमारी, मनीष सिंह, जितेन्द्र कुमार साह, रीतेश कुमार पटेल, रोशन प्रजापति, लेखनाथ पोखरेल, कृष्ण मिश्र लगायत शिक्षक र विद्यार्थीहरू लगायत नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका संयोजक अभिलाष गुप्ताको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम एकै दिनको छोटो छलफलपछि, रक्तको अभाव र बिरामीहरूको समस्यालाई ध्यानमा राखी आकस्मिक रूपमा सञ्चालन गरिएको हो ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार केन्द्र वीरगञ्जका धिरेन्द्र झा, राजन श्रीवास्तव, बिबेक यादव, समिम अन्सारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्