चट्याङ लागेर रौतहटमा एक जनाको मृत्यु

सम्वादाता | २०८२ असार १ गते ०१: १४ मा प्रकाशित

बीरगञ्ज । चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँको मृत्यु भएको छ ।

आइतबार बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्