भन्सार छली गरी ल्याइएका १० लाख बराबरको समान बरामद

सम्वादाता | २०८२ जेठ २५ गते ०५: ४२ मा प्रकाशित

बीरगञ्ज । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएको मोटरसाइकल र विभिन्न सामानहरू बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हे.क्वा. बाराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश पौडेलको नेतृत्वमा खटिगएको मोबाइल टोलीले आज विहान गरेको निगरानीका क्रममा तीनवटा हिरो होण्डा मोटरसाइकल सहित रेडिमेड लेडीज कपडा र स्टेशनरी सामग्री बरामद गरेको हो ।
    सशस्त्र प्रहरीका अनुसार बरामद सामानहरूको अनुमानित मूल्य करिब ६ लाख ८० हजार रुपैयाँ रहेको छ भने मोटरसाइकलहरूको मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ आँकलन गरिएको छ । यसरी बरामद गरिएका वस्तु तथा सवारी साधनहरूको कूल अनुमानित मूल्य करिब १० लाख ३० हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्