विभिन्न योजनाको लागि सांसद ज्वालाद्वारा १५ करोड बिनियोजन

सम्वादाता | २०८२ जेठ २५ गते ०५: १७ मा प्रकाशित

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद ज्वाला कुमारी साहले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न योजनाको लागि आफ्नो पहलमा १५ करोडको बजेट बिनियोजन गराएकी छन् । 
    गत बैशाख २५ गते विभिन्न ११ वटा योजनाको लागि ३३ करोडको बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई निवेदन गरेकोमा विभिन्न मन्त्रालयबाट ५ वटा योजनाको लागि १५ करोड बजेट मात्र बिनियोजन गरिएको छ ।
    उनको पहलमा कलैया उपमहानगपालिका वडा नं १ मा मदन आश्रीत भवन निर्माणको लागि ३ करोड, जितपुर सिमरा उपमहानगपालिका वडा नं १७  महेन्द्र राजमार्ग ११ कि.मि.  बाट रामनगर जोडने सडक निर्माण गर्न ३ करोड, कलैया उपमहानगपालिका वडा नं १८ मोतिसर देखि मनगढवा सम्म नाला निर्माण तथा सडक स्तरोन्नतिको लागि ३ करोड, वडा नं ७ स्थित दुर्गा नमुना माध्यमिक विधालयको भवन निर्माणको लागि ३ करोड र कलैया ३ स्थित सिद्धेश्वर संस्कृत माध्यमिक विधालयको भवन निर्माणको लागि ३–३ करोड छुट्याएकोमा दुबैको लागि ३ करोड र वडा नं स्थित ६ कृषि बजार चोक देखि लहेरटोल सडक स्तरेन्नति कार्यको लागि ३ करोड बिनियोजन गरिएको छ ।
    अन्य योजनाको लागि कृषी तथा खानेपानी र अन्य मन्त्रालयसंग छलफल भइरहेको र त्यो पनि बिनियोजन छिट्टै हुने उनले समाजिक सञ्जालमा पोष्ट गर्दै बताइकी छन् । उक्त योजनाहरुको कार्य भदौ असोज देखि शुरू हुने पनि उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्