मोटरसाइकलको ठक्कर, साइकल यात्री सामान्य घाइते

सम्वादाता | २०८२ जेठ २४ गते ११: २५ मा प्रकाशित

बिरगञ्ज । बिरगञ्ज महानगरपालिका अन्तर्गत मुरली चोक नजिक एक पल्सर एनएस मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा यात्री सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, बिरगञ्जका अनुसार दुर्घटना सामान्य रहेको छ ।
    प्रहरीका अनुसार, दुर्घटनापछि तत्कालै प्रहरीको टोली घटनास्थलमा पुगेर मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको लिई हाल उनलाई आवश्यक कार्यवाहीका लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।
    प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आइरहेको मोटरसाइकलले साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
    जिल्लामा ट्राफिक सचेतना अभियान चलिरहेको अवस्थामा प्रहरीले ट्राफिक नियम पालना गर्न सबै सवारी चालकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्