प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला बरामद

सम्वादाता | २०८२ जेठ २४ गते ११: १७ मा प्रकाशित

बिरगंज । भारतबाट अबैध रुपमा चोरी पैठारी गरी नेपाल भित्रयाइँदै गरेका प्रतिबन्धित ब्रोइलर कुखुराका ७५ कार्टुन कुखुराका चल्ला सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले नियन्त्रणमा लिएको छ ।
    गणबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५, डकैला चोक क्षेत्रबाट तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लोड गरी ल्याइंदै गरेका ती चल्लाहरू नियन्त्रणमा लिएको हो । भारतबाट कुखुराका चल्लाहरू नेपालमा प्रतिबन्धित भएको तथा अवैध रूपमा भित्रयाइएको पाइएको प्रहरीले जनाएको छ ।
    सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चल्लाहरू आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा गणको परिसरमै नष्ट गरिएको छ ।
    यसका साथै चल्ला तस्करीमा प्रयोग भएका मोटरसाइकल आवश्यक कानुनी कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाईने जानकारी सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले दिए ।

प्रतिक्रिया दिनुहोस्