गणतन्त्र दिवसमा एमालेको भव्य मोटर्साइकल रैली, बिरामीसंग भेटघाट

सम्वादाता | २०८२ जेठ १५ गते ०२: ४१ मा प्रकाशित

प्रकाश तिवारी ।
बिरगंज । १८ औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले वीरगंज महानगर कमिटीले बिशाल मोटरसाईकल ¥याली र फलफुल बितरण गरेको छ । महानगर  कमिटी अध्यक्ष नवराज शर्माको नेतृत्वमा  मोटरसाईकल रैली र फलफुल बितरण कार्यक्रम सम्पन्न भएको हो । 
    नगर कमिटीको कार्यालय वीरगंज १४ पिपरा सिद्धार्थ मा.बि. बाट करिब ५ सयको संख्यामा निस्केको मोटरसाईकल ¥याली नारायणी अस्पताल पुगेको थियो । अस्पतालमा रहेका विरामीहरुसंग उनिहरुको अवस्था बुझ्दै एमालेका नेता तथा नगर कमिटीका पदादिकारीहरुले फलफूल वितरण गरेका थिए । ततपस्चात ¥यालीले वीरगंज नगर परिक्रममा गर्दै घण्टाघरमा पुगि कोण सभामा परिणत भएको थियो । 
    कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं वीरगंज ईन्चार्ज बिचारी यादवले गणतन्त्र स्थापनमा एमालेको भुमिकाबारे चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका यादवले गणतन्त्रको बिकल्प गणतन्त्रनै भएको बताउदै राजावादीहरुको आन्दोलनको कुनै औचित्य नरहेको जिकिर गरे । पछिल्ला केहि समय देखि गणतन्त्र बिरोधी गतिबिधि बढेको भन्दै ति तत्वहरुलाई तह लगाउने बेला आएको यादवले भने । हजारौं नेपालीको बलिदानीको कारण देशमा प्रजातन्त्र ,गणतन्त्र आएको भन्दै गणतन्त्रको रक्षाको लागि एमाले तयार रहनुपर्ने धारणा राखे । 
    नगर अध्यक्ष नवराज शर्माले गणतन्त्रलाई ध्वस्त पार्न केहि तत्वहरु सक्रिय भएको भन्दै त्यसता शक्तिहरुलाई एमालले परास्त गर्ने दावी गरे । “हामी सवै मिलि गणतन्त्रको रक्षा गर्नुपर्छ ,गणतन्त्र बिना नेपालको कल्पना पनि गर्न सकिदैन” अध्यक्ष शर्माले भने । उहाँले नेपालीलाई दुख दिने कुनै पनि कार्य सहन गर्न नसकिने भन्दै दिनहु बिभिन्न काम लिएर सरकारी कार्यालय जाने सेवाग्राहीलाई सहज बातारणमा काम गर्न कर्मचारीलाई अनुरोध गरे । उनले सेवाग्राहीलाई दुख पिडा दिने कर्मचारी र कार्यालय बिरुद्ध एमाले निरन्तर खबरदारी गरिरहने बताए । कोण सभाको सहजीकरण नगर कमिटी सचिव लियाकत अलिले गरेका थिए भने सभामा एमालेका स्थानिय नेता, केन्द्रिय सदस्य, आम नागरिक लगायतको भव्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्