नेकपा एमाले महानगर कमिटीको बैठक सम्पन्न

सम्वादाता | २०८२ जेठ १३ गते ०५: ४२ मा प्रकाशित

वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको बैठक सम्पन्न भएको छ । बैठकमा १५ गते गणतन्त्र दिवसको सन्दर्भमा कसरी भव्य सभ्य तरिकाबाट कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श भएको छ ।
    महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत पदाधिकारीहरुको बैठकले उक्त दिन मोटरसाईकल ¥याली सहित नारायणी अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरेको छ । । साथै सोही दिन नारायणी अस्पतालका विरामी संगै अस्पतालको अवस्था अध्ययन गर्ने कार्यक्रम रहेको जनाउंदै तय गरिएका सम्पूर्ण कार्यक्रमको तयारीका लागि सम्पूर्ण सदस्यहरुलाई तयार रहन आव्हान गरिएको छ । सोही सन्दर्भमा भोली पुनः महानगर कमिटीको बैठक बसी यस विषयमा वृहत छलफल र निर्णय समेत गर्ने जानकारी अध्यक्ष शर्माले दिएका छन् । बैठकमा एमालेका नेता विचारी यादव, केन्द्रिय सदस्य अरविन्द सिंह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्