भिजिट भिसा प्रकरणमा गृहमन्त्री संलग्न हुनुहुन्न - कांग्रेस

सम्वादाता | २०८२ जेठ १२ गते ०३: ११ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता कतैबाट पुष्टि नहुने बताएको छ ।

सोमबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए । महतले भने, बैठकपछि उनले भने, ‘जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ । तर गृहमन्त्री संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

त्यस्तै बैठकले कुरा नबुझी अभिव्यक्ति नदिन नेताहरुलाई आग्रह गरेको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणको नेताहरुलाई जानकारी गराउँदै आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।

कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्रीलाई राजीनामा दिइ छानबिनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यस्तै अर्का नेता राजेन्द्र बजगार्ईंले पार्टी सभापति देउवालाई पत्र लेखी गृहमन्त्रीलाई फिर्ता बोलाउन माग गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको विषयलाई लिएर कांग्रेसमा दुईथरी मत छ ।

प्रतिक्रिया दिनुहोस्