बीरगंजमा खेलकुद महासंघको नाममा समिति गठनको नाममा अनधिकृत गतिविधि : महासंघले दियो आपत्ति

सम्वादाता | २०८२ जेठ ११ गते ०७: ०० मा प्रकाशित
बीरगंज, l नेपाल खेलकुद महासंघ बीरगंज महानगर समितिले अनधिकृत रूपमा चार जनाको समावेशमा गरिएको भनिएको नयाँ समितिको गठनप्रति कडा आपत्ति जनाएको छ।

महासंघका अनुसार आज भएको भनिएको समितिको गठनबारे आफूलाई कुनै जानकारी नदिइएको, औपचारिक बैठक वा निर्णय प्रक्रिया नअपनाइ गठन गरिएको उक्त समिति पूर्णतः अवैधानिक, गैरसंवैधानिक तथा अमान्य रहेको स्पष्ट गरिएको छ।

सचिव कृष्ण श्रीवास्तवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ कि आजको मितिमा गठित भनिएको समिति पूर्ण रूपमा अस्वीकार्य छ। महासंघले बीरगंज महानगरपालिकाको इन्जार्ज राजनाथ गौतममार्फत भएको भनिएको उक्त क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी कारबाहीको माग गरेको छ।

महासंघले औपचारिक रूपमा गठन नगरिएको कुनै पनि नयाँ समूहको गतिविधिलाई मान्यता नदिने भन्दै आम जनता, खेलप्रेमी, सरोकारवाला र केन्द्रीय कार्यालयलाई जानकारी गराइएको उल्लेख गरिएको छ।

महासंघको केन्द्रीय कार्यालयले यस विषयमा आवश्यक ध्यान दिने विश्वास व्यक्त गरिएको छ ।
 
 
 

प्रतिक्रिया दिनुहोस्