तीर्थयात्रामा सञ्चारकर्मीहरुको टोली भारततर्फ

रासपा नेपालद्वारा भव्य बिदाइ तथा शुभकामना

सम्वादाता | २०८२ जेठ ९ गते ०१: ४३ मा प्रकाशित

वीरगञ्ज । राष्ट्रिय समता पार्टी नेपालद्वारा भारतको प्रसिद्ध धार्मिक स्थल श्री केदारनाथ तथा श्री बद्रीनाथ धामतर्फ प्रस्थान गर्न लागेका सञ्चारकर्मी लगायतको टोलीलाई एक विशेष बिदाइ कार्यक्रमको आयोजना गरी शुभकामना सहित ससम्मान बिदाइ गरिएको छ ।
    हिन्दु समूदाय तिर्थ जांदा बेवास्ता गर्ने र हालै मुस्लिम धर्मावलम्बीहरु हजका लागि प्रस्थान गर्ने क्रममा पर्साका विभिन्न स्थानिय एवम् राजनैतिक दलका नेता तथा अगुवाहरु काठमाडौं स्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थमै पुगेर उनिहरुको सम्मान सहित बिदाई गरेको भन्दै सो घट्नालाई आम नागरिक लगायत हिन्दुवादी संघ संस्थाहरुले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यम बाट टिका टिप्पणी गरेका थिए । समता पार्टीले हिन्दुहरु आफ्नो तिर्थ बद्री–केदारनाथ धाम जान लागेको थाहा पाई उनिहरुलाई सम्मानका साथ विदाई गरेको हो ।
    उक्त कार्यक्रम वीरगञ्जको प्रसिद्ध शक्तिपिठ माईस्थान (गहवामाई) मन्दिर प्राङ्गणमा आयोजित गरिएको थियो । कार्यक्रममा पार्टीका महासचिव अभिषेक तिवारी, बिरगंजका अध्यक्ष अमर सरार्फ तथा अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
    तीर्थयात्रामा सहभागी भक्तजनलाई टिका, खादा र नेपालको राष्ट्रिय झण्डा प्रदान गर्दै उनीहरुको यात्रा सफल र सुरक्षित होस् भन्ने कामना गरिएको थियो । तिर्थयात्रामा सञ्चारकर्मी अजय कुमार साह, प्रहलाद चौरसिया, कमलेश स्वर्णकार र लक्ष्मेश्वर यादव लगायत रहेका छन् ।
    राष्ट्रिय समता पार्टी नेपालका प्रतिनिधिहरूले तीर्थयात्रामा सहभागी सम्पूर्ण टोलीप्रति सम्मान प्रकट गर्दै विदेशमा समेत नेपालको नाम उच्च राख्ने काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
    कार्यक्रमले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता तथा संस्कृतिक आदान–प्रदानमा सकारात्मक सन्देश दिएको आयोजकले बताएका छन् । यात्रुहरूको टोलीलाई शुभकामना दिँदै स्थानीय सर्वसाधारण, धर्मगुरु तथा समाजसेवीहरू समेत सहभागी भएका थिए ।
    उक्त बिदाइ कार्यक्रमले नेपाली समाजमा धार्मिक पर्यटन र अध्यात्मिक यात्राको महत्व झनै उजागर गर्ने आम नागरिकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्