सीता हस्पिटलको नवनिर्मित भवनको भव्य उद्भाटन

प्रदेशमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने अपेक्षा

सम्वादाता | २०८२ जेठ १० गते ०१: २१ मा प्रकाशित

वीरगञ्ज । विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा लोकप्रिय रहेको वीरगञ्जको सीता सुपरस्पेशलिटी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को आफ्नो नवनिर्मित भवनको हिजो एक भव्य समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ । 
    यस आधुनिक स्वास्थ्य संस्थाले मोफसलमा मात्र नभई प्रदेशमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने अपेक्षा आम नागरिकले गरेकाछन् । हस्पिटल, हस्पिटलका सञ्चालक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.दिलीप चौरसिया र महिला प्रसुति एवम् रोग विशेषज्ञ डा.निलम चौरसियाको पहलमा स्थापना गरिएको हो ।
    वीरगञ्ज उद्योग वाणिज्य संघको छेउमा निर्मित भवनको उद्घाटन समारोहमा सहभागी विभिन्न विशिष्ट अतिथि, स्थानीय समाजका अगुवा, चिकित्सक समुदाय, बुद्धिजीवी सञ्चारकर्मी तथा राजनीतिक–सामाजिक व्यक्तित्वहरूले चौरसिया दम्पतीको अथक परिश्रम, समर्पण र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको उच्च प्रशंसा गर्दै आम नागरिकको विश्वासको फलस्वरुप अस्पताल प्रबन्धनले सफलता प्राप्त गरेको धारणा राखेका थिए ।
    “चौरसिया दम्पतीले स्थापना गरेको यो संस्थाले भविष्यका पुस्ताहरूका लागि स्वास्थ्य क्षेत्रमा प्रेरणाको नयाँ अध्याय थप्नेछ,“ एक वक्ताले मन्तव्य प्रस्तुत गर्दै भने। कार्यक्रमका अन्य वक्ताहरूले पनि स्वास्थ्य सेवामा निजी क्षेत्रको यस्तो लगानीले देशभित्रै गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण तयार पार्ने विश्वास व्यक्त गरेका थिए ।
    हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त उपकरणहरू, दक्ष विशेषज्ञ चिकित्सकहरूको टोलि, अनुसन्धान तथा नवप्रवर्तनमा आधारित सेवा प्रणाली लागू गरिने जनाइएको छ चौरसिया दम्पतीले जनाए । यसबाट स्वास्थ्य उपचारमा आत्मनिर्भरता बढ्ने र आम नागरिकले सहज रुपमा सेवा पाउने विश्वास गरिएको छ ।
    समारोहमा आम नागरिसक समुदायका तर्फबाट डा. दिलीप चौरसिया र डा. निलम चौरसियाको प्रेरणादायी यात्रामा निरन्तर साथ, सद्भाव र समर्थन रहने प्रतिबद्धता व्यक्त गरिएको थियो । वहांहरूको स्वास्थ्य क्षेत्रमा सफलताको शुभकामना तथा समाज प्रति देखाएको उदार नितिका लागि धन्यवाद ज्ञापन गर्दै पर्सावासीहरूले यो अस्पताललाई स्थानीय गौरवको प्रतीकका रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्