दुई ट्रक एकापसमा ठोकिए, ७ जना घाईते

सम्वादाता | २०८२ जेठ ९ गते १२: २१ मा प्रकाशित
दूर्घटना पश्चात क्षतिग्रस्त ट्रकहरु । तस्वीर - सामाजिक सञ्जाल

चितवन । चितवनको नारायणघाट–मुग्लिङ सडक खण्डमा दुई वटा ट्रक एक–आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।
    चितवनको भरतपुर–२९ मा आज बिहान नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाँदा २ वटै सवारी साधनको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनामा ट्रक चालकसहित ७ जना घाइते भएका छन् ।
    घाइते हुनेमा ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई–७ का  २५ वर्षीय जयकान्त राय यादव सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रविकुमार यादव, अनिल कुमार यादव रहेको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
    यस्तै बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोकका ३७ वर्षीय सन्तोष सुबेदी र ना ६ ख ९८९७ नम्बरको ट्रक चालक रौतहट गरूडा–५ का ३४ वर्षीय धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको । दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पुर्णरूपमा संचालनमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्