काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् । अध्यक्षका लागि स्वीकृत भएका १० उम्मेदवारमध्येबाट विष्टलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।
नियुक्ति सिफारिस गर्न गठित सिफारिस समितिले विष्टसहित दीपक पाठक, चिन्तामणि बराल, केदारनाथ कोइराला, सुवोध गौतम, शालिग्राम सुवेदी, रमेशकुमार खड्का, लक्ष्मण हुमागाईं, भुवनराज भट्ट र अच्युतमकुमार पोखरेललाई सिफारिस गरेको थियो ।
कब्जियतको समस्या लिएर धेरै बिरामी आउँछन्। कतिपय १०-१२ दिनसम्म पनि दिसा नभएको समस्या लिएर आउँछन्। हामीले जाँच गरेर हेर्दा दिसा धेरै सुख्खा भइसकेको हुनाले सामान्य उपचारबाट कहिलेकाहीँ ननिस्किने हुन्छ र शल्यक्रिया नै गर्नुपर्ने अवस्था पनि आउँछ। कसैको आन्द्रा नै पुरै बटारीएको हुन्छ। त्यस्तै थाइराइडको समस्या छ भने पनि कसैलाई कब्जित हुन्छ भने कलेजोको समस्या, लामो समयदेखि औषधी खाइरहेका दीर्घ रोगीलाई कब्जियतको समस्या हुने सम्भावना धेरै हुन्छ।
चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
मानव अधिकारका क्षेत्रमा कटिबद्ध भएर लागेका व्यक्ति वा संस्थाहरूको अनुरोधमा वार्षिक रूपमा प्रदान गरिँदै आएको पुरस्कारको राशिमा वृद्धि गर्न आवश्यक अध्ययन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्