जनकपुरधाम – रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई जनकपुरधाममा स्वागत गरिएको छ ।भारतको अयोध्याबाट आएका जन्तीलाई जनकपुरधाममा आज स्वागत गरिएको हो ।
जनकपुरधामका नगरप्रमुख मनोज साहसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित जनकपुरका नगरवासीले जन्तीको स्वागत गरेका हुन् ।
मिथिलामा दुलही पक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ । यसअनुसार मटिहानीवासीले अयोध्याबाट आएका जन्तीसँग दिल खोलेर ठट्टामजाक र हासपरिहास गरेका छन् ।
अपाङ्गता समाज जनकपुरधामले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा अपाङ्गता भएका व्यक्तिका विषयमा विस्तृत सर्वेक्षण नभएको र सूचनाको अभाव हुँदा सरकारी निकायका साथै विभिन्न सङ्घसंस्थाबाट उपलब्ध सेवासुविधा र अवसरबाट वञ्चित हुनुपरेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्