पशुवली निरुत्सहित गर्न निर्देशनात्मक आदेश सबैले आ–आफ्नो ठाउँबाट पहल जारी गर्न आदेश , सर्वोच्च अदालत

सम्वादाता | २०८१ मंसिर १४ गते ०५: १३ मा प्रकाशित

बीरगंजमा , सर्वोच्च अदालतले पशुवली निरुत्सहित गर्न जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयकालागि बीरगंजमा आयेजना गरेको छ । कार्यक्रममा उच्च अदालत जनकपुरका मुख्य न्यायधीश राजन प्रसाद भट्टराईले पशुबली निरुत्साहित गर्न सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

 सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहको अध्यक्षतामा  थियो । सर्वोच्च अदालतले २०७३ सालको साउन २० गते पशुबली दिने, दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारका तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहित गर्न भनी परमादेश जारी गरेको

पशुबलीले पशु अधिकारलाई कानूनी रुपमा परिभाषित गरी पशुपंक्षी उपरका सबै प्रकारका निर्दयी व्यवहारमा नियन्त्रण कायम गर्न वाञ्छनीय भएकोले पशु अधिकार प्रत्याभुति दिन, अमानवीय व्यवहारलाई दण्डनीय घोषित गर्न  सर्वोच्च अदालतले निर्देशात्मक आदेश दिएको हो

बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जनप्रतिनिधि भएको नाताले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दा महागढीमाई मेलाको ब्यवस्थापन बाट आफूहरुले राजीनामा दिनु पर्ने अवस्था आउने बताए उनले मेलाको  मखमा बलिप्रथा निरुत्साहन सम्बन्धि आदालतको आदेश कार्यान्वयनकालागि राखिएको कार्यक्रम प्रति नै असन्तोष ब्यक्त गरे

प्रतिक्रिया दिनुहोस्