काठमाडौं । आगामी शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेल्न थप दुई विदेशी खेलाडीहरू नेपाल आइपुगेका छन् ।
ओमानका आकिब इलियास र स्कटल्याण्डका क्रिस सोल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । उनीहरूलाई विराटनगरका टिम अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलस किर्टन र अफगानिस्तानका इस्मत आलम छन् ।
यसअघि आजै किर्टन र गप्टिल पनि पनि काठमाडौं आइसकेका छन् । प्रशिक्षक केभिन ओ ब्रायन केही दिनअघि नै नेपाल आइसकेका छन् ।
विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् । विराटनगरले पहिलो खेलमा उद्घाटनकै दिन मंसिर १५ गते जनकपुर बोल्ट्ससँग खेल्ने छ ।
काठमान्डुमा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमबाट खेलेका शाहब आलम र रासिद खान पनि छन् । यसबाहेक घरेलु क्रिकेट खेलिरहेका शंकर राना सुमित महर्जन कृष्ण कार्की यू१९ विश्वकप खेलेका दिपेश कँडेल पनि छन् । विदेशी खेलाडीको आगमनपछि काठमान्डु टिम सन्तुलित देखिएको छ ।
निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिर परिसरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्