धरान- सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
सात वर्ष वैदेशिक रोजगारीमा विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि राम्रो आम्दानी भइरहेको उनले बताए ।
उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उनीहरुले पाँचवटा टनेलमा च्याउ खेती गरेका छन् । च्याउ बजारमा थोकमा प्रतिकेजी १७० र फर्ममै किन्न आउने व्यापारीलाई १५० मा बिक्री गर्ने गरेको उनले बताए ।
रोशनले भने, ‘च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।’
तत्कालीन समयमा रु ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ ।
मासिक तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले पाँच सय रुपैयाँमा काम गरिरहेका छन् ।
‘व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,’ उनले भने, ‘च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।’ च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ ।
विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने र यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक ३५० केजीसम्म च्याउ बिक्री भइरहेको छ ।
साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उनको भनाइ छ । ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न’, रोशनले भने ।
उनले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान पाउका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार अनुदान दिएको थियो ।
मंगलबार स्थानीय बन्दागोभी किलोको १ सय रुपैयाँ थियो । तर, गत वर्ष यही मितिमिा ३५ मात्र थियो । यो ६५ रुपैयाँको अन्तर हो । यस्तै स्थानीय काउलीको भाउ १ सय छ भने गत वर्ष औसत किलोको १२ रुपैयाँ थियो ।
‘सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको बेहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति विभाग क्षमाप्रार्थी छ ।’
कलेजो क्यान्सर हुने पहिलो कारण सिरोसिस भएकाले सबैभन्दा पहिले सिरोसिस हुन दिनुभएन। सिरोसिस हुन नदिनका लागि मदिरापान नगर्ने, कलेजोमा बोसो जमेको छ भने त्यसको उपचार गराउने, हेपाटाइटिस बी, सी छ भने त्यसको जाँच गराएर उपचार गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्