काठमाडौं । बुधबारदेखि बन्द भएको राहदानी वितरण सेवा राहदानी विभागको त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट सुरु भएको छ । अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ ।
सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै विभागले आफ्नो कार्यालयबाट सेवा लिने गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बताएको छ । जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि एक–दुई हप्ता लाग्न सक्ने विभागको भनाइ छ ।
जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा सेवा थाल्न भोलिदेखि परीक्षणको काम थालिने विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइको काम नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला÷ईलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागले जानकारी दिएको छ ।
आ–आफ्नो जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि सम्पर्क गर्नुहुन समेत सूचित गरिएको छ ।
‘सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको बेहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति विभाग क्षमाप्रार्थी छ ।’
काठमान्डुमा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमबाट खेलेका शाहब आलम र रासिद खान पनि छन् । यसबाहेक घरेलु क्रिकेट खेलिरहेका शंकर राना सुमित महर्जन कृष्ण कार्की यू१९ विश्वकप खेलेका दिपेश कँडेल पनि छन् । विदेशी खेलाडीको आगमनपछि काठमान्डु टिम सन्तुलित देखिएको छ ।
निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिर परिसरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्