पर्साको गोविन्दपुर हुँदै हस्वा जाने सडक शिलन्यास

मन्त्री गुप्ताले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्वादाता | २०८१ कार्तिक २५ गते १४: १८ मा प्रकाशित

वीरगन्ज– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास गर्नु भएको छ । संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मि। लम्बाईको छ । मन्त्री गुप्ताले पोखरीया आउन तिवाले पुल हुँदै बिन्दबासिनी टेक्नु नपर्ने बताउँदै रणनीतिक रुपमा पनि यो सडक स्थानिय बासीका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

मन्त्री गुप्ताले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, धेरै भारि बोके बिचैमा छोड्नु पर्ने हुन्छ । त्यसैले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ । विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उहाँको भनाइ छ । 

मन्त्री गुप्ताले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन उहाँले आग्रह गर्नुभयो । 

९३ लाखमा निर्माण सम्पन्न हुने यो सडक मनिष कन्ट्रक्सनले सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गर्नु पर्नेछ । पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमण चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रवि ठाकुर लगायत वडा अध्यक्षहरुले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्