काठमाडाैं , पूर्वीकेन्द्रित वर्षा मंगलबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ ।
मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो ।
प्रतिकार्य कमाण्डका संयोजकसमेत रहेका गृहका सहसचिव भीष्मकुमार भुसालका अनुसार यो अवधिमा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने रात्रिबस पनि शुक्रबार र शनिबार नचल्ने बताए । ‘धेरै पानी पर्ने भनेर मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गरेको छ, त्यहाँबाट (तराईबाट पहाडी क्षेत्रमा भए पनि) रात्रि बस चल्ने छैनन्, सिमलताल घटनापछि यातायात व्यवसायीसहित सरोकारवाला बसेर गरेको निर्णय हो,’ भुसालले भने, ‘नियम उल्लंघन बारे जिल्ला प्रशासन, ट्राफिकले अनुगमन गर्छन् ।’
उनका अनुसार रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले रात्रि बस नचलाउने निर्णय भएको हो ।
कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् ।
त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ ।
कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ ।
प्राधिकरणले आगामी आइतबारसम्म धान नकाट्न अनुरोध गरेको छ भने काटिसकेको भए भित्र्याउन भनेको छ । त्यस्तै, तराई र मधेशमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ ।
आज दिउँसो कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।
शुक्रबार राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि सम्भावना छ ।
शनिबार बागमतीदेखि लुम्बिनी केन्द्रित वर्षा शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।
भोलि र पर्सी यी नदीमा बाढीको जोखिम मनसुन सक्रिय बनेर देशभर भीषण वर्षा हुने भएपछि बाढी पूर्वानुमान महाशाखाले आइतबारसम्म बाढीको जोखिम रहेका नदीको सूची सार्वजनिक गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार बाढीको उच्च जोखिम र अति उच्च जोखिम रहेको छ ।
नारायणी नदीको देवघाट क्षेत्रमा शुक्रबार बाढको उच्च जोखिम छ भने शनिबार अति उच्च जोखिम छ । शुक्रबार कन्काईको मैनाचुली क्षेत्र र कमला नदीको बेलसोत क्षेत्रमा उच्च जोखिम छ । त्यस्तै, बागमती नदीको पधेरादोभान क्षेत्रमा शुक्रबार उच्च जोखिम र शनिबार अति उच्च जोखिम रहेको महाशाखाले विशेष बुलेटिनमार्फत् जनाएको छ ।
पूर्वीराप्तीको रजैयामा शनिबार उच्च जोखिम छ । त्यस्तै, पश्चिम राप्तीको कुसुम क्षेत्र र बबईको चेपाङ क्षेत्रमा शनिबार अति उच्च जोखिम रहेको छ । महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश नदीमा बहावले सर्तकता तह पार गर्ने पूर्वानुमान छ ।
गुडिरहेको कारमाथि पहिरो खस्यो, कार खोलामा
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका– ६ चिरौदीमा गुडिरहेको कारमाथि पहिरो खस्दा चारजना घाइते भएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग.२च ७८८५ नम्बरको कारमाथि बिहीबार साँझ पहिरो खसेको हो । कार चिरौदी खोलामा पुगेको धादिङ प्रहरीका एसपी गौतम केसीले बताए । घाइतेको उपचार भइरहेको छ ।
कोशी ब्यारेजबाट बस खस्यो, सबै २० यात्रुको उद्धार सुनसरीस्थित सप्तकोशी नदीमा खसेको यात्रुवाहक बसबाट सबै यात्रुको उद्धार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरीतर्फको क्षेत्रबाट बिहीबार साँझ नरसिंह ट्राभल्सको को. १ ख ४६०१ नम्बरको बस खसेको थियो । बसमा सवार सबै २० जना यात्रुको उद्धार गरिएको सुनसरीका सशस्त्र उपरीक्षक सेमानन्द बज्राचार्यले जानकारी दिए । चालक सिराहाको लहान नगरपालिका– ८ का ३५ वर्षीय चन्दनकुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको बस अनियन्त्रित भएर कोशी ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट नदीमा खसेको थियो ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो।
बजारमा उपलब्ध विभिन्न ब्युटी प्रडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सक्ला तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । जति नै महंगो ब्युटी प्रोडक्ट प्रयोग गरे पनि समयसँगै अनुहारमा विभिन्न किसिमको समस्या पनि देखिन्छ ।
आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश, कर्णा
एलर्जी हुँदा धेरै हाच्छ्युँ आउने, पातलो सिंगान बग्ने, नाक बन्द हुने, टाउको दुख्ने र नाक चिलाउने आदि लक्षण देखा पर्छ । तर सबैलाई एकैनासको लक्षण नदेखिन सक्छ । कसैलाई हल्का एलर्जी मात्र हुनसक्छ भने कसैलाई माध्यम, कडा एलर्जीको लक्षण पनि हुनसक्छ । रोगको अवधिको आधारमा नाकको एलर्जीलाई सधैंका लागि रहने तथा कहिलेकाहीं लाग्ने गरी दुई भागमा विभाजित गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्