वीरगञ्ज महानगरका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द

सम्वादाता | २०८१ असोज ८ गते ०७: ३१ मा प्रकाशित

वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै महानगरका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले असोज ८ र ९ गते सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।

अत्यधिक गर्मीले विद्यार्थीहरूमा असर पर्न थालेपछि यहाँका अभिभावकहरूले सामाजिक सञ्जालमार्फत विद्यालय बन्द गर्न माग गर्दै आएका थिए । पर्सा, बारा लगायतका मध्यतराईका जिल्लाहरूमा असोज महिनामा पनि गर्मी असह्य हुने गरी बढेको छ । यहाँको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ, जसका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्