वीरगंज , वीरगंज महानगरपालिकाले ३२ वटै वडाका नागरिकको पहुँचमा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउन गुरुयोजना तयार गरी लागु गर्ने तयारी गरेको छ । वीरगंज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाई कार्य योजना लागु गरी महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्याउन लागिएको हो ।
शुक्रबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको बैठकमा महानगर प्रमुख सिंहले स्वच्छ र सुरक्षित खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न गुरु योजना बनाएर कार्यान्वयन गर्न ढिलाई भइरहेको भन्दै छिटो योजनालाई कार्यान्वयनमा लैजान जरुरी रहेको बताउनु भयो ।
सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको भन्दै उहाँले सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने निर्णय भएको पनि बताउनुभयो ।
बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको सयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागु गर्ने निर्णय भएको छ ।
महानगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा उप–प्रमुख इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक त्रीदिप कुमार श्रेष्ठ, इन्जिनियर निरण महर्जन, प्रविण कुमार साह, युनिसेफका प्रमुख इरफान एस, सुरेन्द्र बावु ढकाल, सिद्धि श्रेष्ठ, महानगरपालिकाका प्राविधिक सल्लाहकार इन्जिनियर प्रकाश अमात्य, राकेश साह लगायतको सहभागिता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्