मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो

सम्वादाता | २०८१ भदौ ३० गते ०९: २५ मा प्रकाशित

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ।

खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो । ना ६ ख ६२८३ नम्बरको ट्रक आइतबार बिहान त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्