विराटनगर । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।
अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।
प्रसादी खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खानेहरुलाई पनि समस्या छ,’ उनले भनिन्, ।
अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।
स्थानीय कटवालका अनुसार पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डाइरिया भएको थियो । ज्वरो पनि आएको छ । ‘हिजो राति स्थानीय क्लिनमा आएर स्लाइन चढाएर फर्कियौं तर निको भएन्,’ उनले भनिन्, ‘अझै पनि बान्ता डाइरिया भएपछि आज बिहानै आएका छौं, ज्वरो पनि १०३, १०४ डिग्री छ ।’
पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ ।
३५ वर्षको उमेरपछि हड्डी खिइने प्रक्रिया बिस्तारै सुरु हुन्छ । यस्तोमा लामो समयसम्म एकै आसनमा ढाड कुप्राएर बस्दा, हड्डी भाँचिंदा, चोटपटकले हड्डीमा धेरै असर पुर्याएर कमजोर बनाइदिंदा, पटकपटक भारी सामान उठाउँदा, धुम्रपान गर्ने बानीका कारण हाड तथा जोर्नीमा अक्सिजनको मात्रा घट्दा हड्डी छिटो खिइन थाल्छ ।
प्रतिक्रिया दिनुहोस्