बैठकमा संगठन सुदृढीकरण, जनताको अधिकार र समृद्धिको दिशामा पार्टीले लिएका रणनीतिहरुमा विस्तृत छलफल भएको पर्सागढी नगरपालिकाको मेयरका प्रत्यशी सुरज मानन्धरले बताए ।
वीरगन्ज– जनता समाजवादी पार्टी (जसपा) को पर्सागढी नगर समितिले आयोजना गरेको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथी खानेपानी मन्त्री प्रदीप यादवले जसपाले अगाडि सारेको समाजवादको मार्ग दर्शनमा, पर्सागढी नगरपालिकाको विकास र जनताको हितका लागि ठोस योजना निर्माणमा दृढतापूर्वक लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित झाबराहा रिर्सोटमा सम्पन्न भएको बैठकमा संगठन सुदृढीकरण, जनताको अधिकार र समृद्धिको दिशामा पार्टीले लिएका रणनीतिहरुमा विस्तृत छलफल भएको पर्सागढी नगरपालिकाको मेयरका प्रत्यशी सुरज मानन्धरले बताए ।
बैठकमा जसपाका केन्द्रीय सदस्य एवम् वीरगञ्ज महानगरपालिकाका प्रमुख श्री राजेशमान सिंह, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, पर्सागढी नगरपालिकाबाट मेयर पदका प्रत्याशी सुरज मानन्धर, पर्सागढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खुर्सिद आलम, वडाध्यक्ष प्रत्याशी मदन चौधरी थारु, वडाध्यक्ष प्रत्याशी जयनारायण चौधरी, पूर्व वडाध्यक्ष रामजी साह, पूर्व वडाध्यक्ष किशुन देव प्रसाद यादव र भूषण यादव लगायत पार्टीका अग्रज नेता, कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ। तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए।
पूर्वानुमान अनुसार नै बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा पनि हल्का वर्षा भएको छ ।
अनधिकृत सौन्दर्य प्रसाधन बजारमा छ्यापछयाप्ती पाइन्छ । जसमा एलईडी र मर्करी जस्तो छालालाई हानि गर्ने तत्व हुन्छ । जसले छालालाई सुन्नाउने र त्यसमा असर गरी चायापोतो आउन सक्छ ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्